मधेसी युवा भन्छन्, ‘मधेसी दलहरु देश टुक्रा पार्ने वृहत तयारीमा छन्’ (भिडियाेसहित)
सञ्जीब बिक्रम शाह सप्तरीमा बसेर नेपाली कांग्रेसको राजनीति गरिरहेका छन् । मधेसमा बसेर उनले मधेसको राजनीतिलाई नजिकबाट नियालिरहेका बताउछन् । उनले महशुस गरेका छन्, ‘नेपालको ब्युरोक्रेसीदेखि सरकारी निकायसम्म मधेसी जनताहरुलाई भेदभाव छ । भन्छन्, ‘मधेसी जनतालाई सरकारले नागरिकता बनाउनेदेखि लोकसेवासम्म भेदभाव गरेको छ ।’
नेपालआजसँग कुराकानी गर्दै उनी भन्छन्, ‘सरकारले मधेसी जनताको लागि खुल्ला प्रतिस्पर्धामा जहिले पनि भेदभाव गरेको छ ।’ उनी प्रश्न गर्छन्, ‘मधेसी जनताहरु सक्षम छैनन् र ? किन सेना प्रहरीमा मधेसी जनताको नाम निक्लिदैन् ? लोकसेवाले गर्न खोजेको के हो ? कोटाबाहेक अन्य ठाउँमा मेधसीको नाम किन निक्लिदैन् ।’
उनका अनुसार मधेसका जनतालाई संविधान कसैले बुझाएका छैनन् । उनी कतिपय धाराहरु संशोधन गर्न आवश्यक रहेको बताउछन् । संविधान खारेज गर्नुभन्दा संशोधन आवश्यक रहेको तर्क गर्छन् ।
उनका अनुसार मधेसका जनताहरु मत हाल्न आतुर रहेका छन् । निर्वाचनको विरोध गर्ने दलहरु आफ्नो ठाउमा सही भएपनि उनीहरुले कम सिट ल्याउने शाहको आंकलन छ । सञ्जीव निर्वाचनपछिको मतपरिणाबारे लख काट्दै भन्छन् ‘मधेसमा नेपाली कांग्रेस, एमाले र माओवादी कै वर्चस्व हुनेछ ।’
देशमा संविधान संसोधन नहुने र यस्तै अवस्था रहने हो भने मधेस १० वर्षपछि छुट्टै राज्य बन्ने खतरा रहेको उनको तर्क छ । मधेसबादी दलहरुले मधेसलाई छुट्टै देश बनाउन पहिलादेखि बृहत तयारी गरिरहेको उनी बताउछन् । भन्छन्, ‘ अब मधेसमा जनमत भयो भने , मधेस छुट्टै देश बन्छ ।’
उनी मधेसी जनताहरुलाई देशको हरेक अधिकारहरुको लागि ५० प्रतिशत अधिकार दिएमा नेपालसँग मधेस जोडिएर बस्ने उनले देखेका छन् । बेरोजगार र राज्यको भेदभावकै कारणले मधेस टुक्रने अवस्था आउने उनी बताउछन् ।