राजनीति

भरतपुरको मतगणना तत्काल सुरुगर्न माग गर्दै एमालेद्वारा संसद अवरुद्ध

भरतपुरको मतगणना तत्काल सुरुगर्न माग गर्दै एमालेद्वारा संसद अवरुद्ध


जेठ १७ । नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यबस्थापिका संसद् बैठक अबरुद्ध गरेको छ ।

माओवादी केन्द्रका कार्यकर्ताले चुनावमा पराजय हुने भयले चितवनको भरतपुरमा मतपत्र च्यातेको आरोप एमालेले लगाएको छ । नतिजा प्रभावित गर्नेगरी गरिएको काम सार्वभौम अभिमत माथिको बलात्कार भएको एमालेले बताएको छ ।

व्यबस्थापिका संसद्को बुधवार बसेको बैठकको सुरुमा सभामुखसँग समय लिएर एमाले नेता सुरेन्द्र पाण्डेले अविलम्ब मतगणना शुरु गर्न माग गरेका हुन् । पाण्डेले मतगणना शुरु नभएसम्म संसदको अबरुद्ध गर्ने चेतावनी दिए ।

Samsad

विशेष