राजनीति

उपेन्द्र यादवलाई आन्दोलनमा फर्किन राजेन्द्र महतोको सुझाव

उपेन्द्र यादवलाई आन्दोलनमा फर्किन राजेन्द्र महतोको सुझाव

सन्तोष पटेल 

जेठ १७ । राष्ट्रीय जनता पार्टीका नेता राजेन्द्र महतोले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी उपेन्द्र यादवलाई राजपासँगै आन्दोलनमा आउन एकपटक फेरि आग्रह गरेका छन । महतोले अहिले सम्म सँगै आन्दोलन गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एउटै छातामुनि आएर आन्दोलनमा सहभागी भई करोडौं मधेशी जनजाति जनताको भावनालाई सम्मान गरि दिन आग्रह गरेका छन । 

संचारकर्मीहरुसँग कुरा गर्दै राजेन्द्र महतोले राजपा चुनावमा सहभागी नभए सम्म दोस्रो चरणको निर्वाचन कुनै हालतमा नहुने र संशोधन बिना राजपा कुनै हालतमा निर्वाचनमा सहभागी नहुने पनि स्पष्ट पारे । ’हाम्रा केही सहयात्री दलका नेताहरुलाई राजपा बिना पनि दोस्रो चरणको निर्वाचन भई हाल्ने अंदेशा रहेको थियो’ महतोले भने ’तर सरकारले दुई दुई पटक चुनावको मिति सारे पछि अब उहाँहरुको त्यो शंका पनि दूर भएको होला’।

एउटा शक्ति संविधान संशोधनका लागि आन्दोलनमा र एउटा शक्ति चुनावमा रहेकोले तीन दलले हाम्रै बीचको मतभेदको फायदा उठाई रहेको र संशोधन बिनानै चुनावमा जाने हिम्मत गरेको महतोले बताए । अहिले पनि कुनै ढिलो नभएको बताउँदै उनले भने “एउटै छाता मुनि आएर संविधान संशोधन र मधेशी जनजातिको अधिकारको लागि जारी निर्णायक आन्दोलनमा सहभागी भई दिन म उपेन्द्रजी लाई आग्रह गर्छु“। महतोले भने, ‘मधेशको सबै शक्ति एक भए हामीले अधिकार पनि पाउने र मतदानमा पनि नसोचेको सफलता पाउने दाबी गरेका छन ।’

राजपा नेता महतोले नयाँ पार्टी गठन भएकै बेला सबै मधेशी शक्तिहरुलाई एक हुन आह्वान गरिएको बताउँदै उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमलाई विशेष आह्वान गरिएको जानकारी गराए । उपेन्द्र यादवलाई लिएरै सबै भन्दा पहिले आफुलेनै संयुक्त मधेशी मोर्चा गठन गरेको स्मरण गर्दै महतोले एक दशक देखि सँगै सड़क, सदन र सरकारमा रहेर काम गरेको बताउँदै फेरि पनि सँगै आन्दोलन र चुनावमा जान अपील गरे ।

Rajendra Mahato

विशेष