राजनीति अपराध सुरक्षा

पूर्वमा ४५ हजार सुरक्षाकर्मी परिचालन

पूर्वमा ४५ हजार सुरक्षाकर्मी परिचालन

जेठ १७ । दोस्रो चरणको निर्वाचनकालागि पूर्व क्षेत्रमा नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी जम्मा ४५ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार ९ जेठमा हुने निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट १७ हजार र म्यादी प्रहरी १४ हजार ८ सय जना पूर्व क्षेत्रमा खटिनेछन्। नेपाल प्रहरीले भित्रि सुरक्षासँगै मोवाइल गस्ती, भीड नियन्त्रण, मोवाइल गस्ती, निर्वाचन अधिकृत कार्यालय, अधिकृत, उम्मेदवार, मतपत्र ढुवानी, मत गणना स्थल र विजयी जुलुसहरुमा सुरक्षा प्रदान गरिनेछ ।

पूर्वाञ्चलका २३ सय ७१ मतदान स्थलमा ४३ सय ५० सुरक्षाकर्मी खटिनेछन् । यसैगरि मोवाइल गस्तिमा १७ सय अधिकृत सुरक्षामा ८ सय ५० र रिर्जभ फोर्समा पाँच सय जना सुरक्षाकर्मी रहने छन् । भीड नियन्त्रण र सहकार्यका लागि म्यादी प्रहरीलाई परिचालन गरिने छ ।

यसैगरी शसस्त्र प्रहरी पूर्व मुख्यालय इटहरीका अनुसार निर्वाचन सुरक्षाका लागि पूर्व क्षेत्रमा कुल ८ हजार शसस्त्र प्रहरीहरु परिचालन हुने छन् । उनीहरु सबै बाहिरी सुरक्षामा खटिनेछन् ।

डिआजी जानकीप्रसाद भट्टराईका अनुसार सशस्त्र प्रहरीहरुले निर्वाचनसँग सम्बन्धित कार्यालय, मतदानस्थल , गणना स्थल , मतपत्र ढुवानीका लागि बाहिरी घेरामा रहेर सुरक्षा प्रदान गर्ने छ। दुवै बिभागका सुरक्षाकर्मीहरुको मुख्य कमाण्ड क्षेत्रिय कार्यालयमा रहेको सेलबाट र परिचालन जिल्ला र मातहतका इकाइहरुबाट हुनेछ ।

विशेष