राजनीति

उपेन्द्रले बाबुरामलाई कठपुतली झै नचाए, दुई बीच एकता हुने सम्भावना कम

उपेन्द्रले बाबुरामलाई कठपुतली झै नचाए, दुई बीच एकता हुने सम्भावना कम

जेठ–१७ । सबै दलसँग कार्यगत एकता गर्ने भन्दै घनीभूत सल्लाह गर्ने तर अन्त्यमा आफैं भाग्ने उपेन्द्र यादवको चरित्रबाट मधेसी नेता हायलकायल छन् । अरु मधेसी नेतालाई त फनफनी घुमाएकै थिए उनले विद्यावारिधिवाल डा. बाबुराम भट्टराईलाई पनि हत्तु खेलाइदिएका छन् ।

मधेसका छ पार्टी मिलेर राजपा गठन हुनुअगाडि नै बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको फोरम पार्टीबीच एकता हुने हल्ला चल्यो । तर, यो हल्ला अन्त्यमा हल्लामै टुंगिने भएको छ । नभएका होइनन यो बीचमा उपेन्द र बाबुरामबीच सयौ पटकसम्म सल्लाह पनि भएको हो । कहिले सानेपास्थित भट्टराईकै निवासमा त कहिले नयाँशक्तिको केन्द्रीय कार्यालयमा । तर, अन्ततः भट्टराईको नयाँ शक्तिसँगको एकता भाँडेर उपेन्द्र यादव कहिले राष्ट्रिय जनता पार्टी त कहिले विजय गच्छदारसँग एकीकरण गर्छु भन्दै हिँडन थालेका छन् ।

बाबुरामनिकट स्रोतका अनुसार उपेन्द्र यादवलाई बाबुराम भट्टराईसँग एकीकरण भाँडन बाहरि र भित्री दुवै खालका शक्ति सक्रिय रहे । हाललाई स्थगत भनिएको र चुनावपछाडि नयाँ शिराबाट एकीकरण प्रक्रिया थाल्ने नयाँ शक्तिको नेताले बताए पनि यी दुई शक्तिबीच एकीकरण नहुने पक्का भएको छ ।
–जनआस्थासाप्ताहिकबाट

विशेष