विचित्र विश्व

नन्द भाउजुको विवाह !

नन्द भाउजुको विवाह !


भारतको गुजराँतमा चाहीँ नन्द र भाउजुबीच बिहे हुने अनौठो चलन रहेको छ । भारतको गुजराँतस्थित एक गाउँमा यस्तो अनौठो प्रथा छ ।

त्यहाँ बेहुला बेहुलीबीच बिहे हुनुअघि बेहुलीको बिहे बेहुलाकी बहिनीसँग गराइन्छ ।

बेहुलाले तबसम्म बेहुलीलाई लिएर जान पाउँदैन जबसम्म उसकी बहिनीले हुनेवाला भाउजुलाई घरधन्दा अर्थात् बुहार्तनको सबै कुरा सिकाउँदिनन् ।

सुन्नमा निकै अनौठो लागेपनि यो प्रचलन निकै वैज्ञानिक रहेछ । गाउँलेहरुका अनुसार बेहुलीको नयाँ जिन्दगी सुरु गर्न तथा नयाँ घरमा भिज्नका लागि उनका नन्दहरुको ठूलो योगदान हुन्छ ।

नन्दले नयाँ घरको बारेमा भाउजुलाई बताउँछन् र सुरुवाती दिनमै नन्द भाउजुबीच मित्रता हुन्छ । यसले अन्ततः बेहुलीलाई कर्मघरमा निकै सजिलो हुन्छ । उनलाई लोग्नेको घरको चालचलन, संस्कार, नातागोता आदिको बारेमा बुझ्ने मौका प्राप्त हुन्छ ।

Nanda Bhauju Bibaha

विशेष