राजनीति

असफल हुँदैथियो संविधान संशोधन विधेयक

असफल हुँदैथियो संविधान संशोधन विधेयक

वैशाख १८ । सन्तुष्ट दललाई मनाउन पेस गरिएको संविधान संशोधन असफल हुने लगभग निश्चित भएपछि सरकारले प्रक्रिया अघि बढाउन सकेन ।

प्रस्ताव पारित गराउन ५ मत यसै पनि कम भइरहेका बेला सरकारले पेस गरेको संशोधन प्रस्तावमा असहमति जनाउँदै फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरम नेपालले अलग्गै संशोधन हालेका थिए ।

त्यसपछि संशोधन प्रक्रिया अघि नबढाइएको हो। संसदमा १७ मत रहेको फोरम लोकतान्त्रिकको नेतृत्व विजय गच्छदार र १५ मत रहेको संघीय समाजवादी फोरमको नेतृत्व उपेन्द्र यादवले गर्छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम् संशोधन विधेयक पारित नहुने निष्कर्षमा पुगेका थिए ।

आइतबार बिहान सत्तारुढ राप्रपाकै १० सांसद पार्टी संसदीय दल बैठकमा अनुपस्थित भएपछि प्रस्ताव असफल हुने निश्चित भएको थियो । असफल हुने प्रस्ताव अगाडि बढाउनुभन्दा छलफलमा नलैजानु उचित हुने र निर्वाचनमा बढी केन्द्रित हुने भनेर प्रस्ताव अघि बढाइएको हो, प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

यस्तै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संशोधनका पक्षमा मत नहाल्ने शनिबार साँझ नै स्पष्ट पारेका थिए । हाम्रो पार्टी सुरुदेखि नै विपक्षी गठबन्धनमा थियो, त्यसबाट डगमगाएको छैन, अध्यक्ष ढकालले भने, प्रधानमन्त्रीसँग भेट्ने बित्तिकै सत्तापक्षमा उभियो भनेर प्रचार गरियो । खासमा त्यस्तो थिएन, म विपक्षी गठबन्धनमा इन्ट्याक्ट थिएँ। संशोधन पारित गराउन ३ सय ९६ मत चाहिनेमा लोकतान्त्रिकको १७, समाजवादी फोरमको १५ र राप्रपाको १० मत घट्ने निश्चित भइसकेको थियो ।

नागरिक

sambidhan

विशेष