राष्ट्रपतिले प्रचण्डलाई बोलाईन् शीतलनिवास

वैशाख १८ । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि आइतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई शीतल निवास बोलाएकी छन् ।
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति भण्डारीवीच आज बिहान ९ बजे भेट्ने समय तय भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएको शितलनिवास श्रोतले बताएको छ । महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै सत्ता साझेदार राप्रपा नेपाल पनि सरकारबाट बाहिरिने मनस्थीतिमा पुगेको छ भने गृहमन्त्री विमलेन्द्र निधीले राजीनामा दिएका छन् ।
Bidya Bhandari