माओवादी केन्द्रले बोलायो हेडक्वाटर बैठक
वैशाख १८ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज हेडक्वाटर बैठक बोलाएको छ ।
प्रधानन्यायाधिस सुशीला कार्की विरुद्ध परेको महाअभियोग प्रस्तावपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति तय गर्न सो पार्टीले बैठक बोलाएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज दश बजेपछि बस्ने बैठकमा महाअभियोग प्रस्ताव र स्थानीय तह निर्वाचनबारे छलफल हुने बताइएको छ । महाअभियोग प्रस्तावले चुनावमा प्रभाव नपर्ने बताएको माओवादी केन्द्रले स्थानीय तह निर्वाचन घोषित मितिमा सम्पन्न गर्नका दलीय सहमतिको पहल गर्ने बताएको छ ।
maobadi