भिडियो राजनीति कुरा: खस्रा मिठा

महाभियोग के अनौठो, अदालत नै त्यस्तै छ ! (भिडियोसहित)

महाभियोग के अनौठो, अदालत नै त्यस्तै छ ! (भिडियोसहित)

वैशाख–१८ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि औचित्य पुष्टि गर्न सत्तारुढ दलरुलाई गाह्रो भइरहेको छ । महाभियोग ठीक र बेठीक भन्ने तर्कहरु पनि क्रमश आइ नै रहेका छन् । यो सन्दर्भमा राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले महाभियोगलाई दलहरुले आफूअनुकल प्रयोग गरेको टिप्पणी गरेका छन् । सुवेदीले नेपालआजसँगको कुराकानीका क्रममा भने, ‘एमाले र माओवादीले छापामार शैलीमा लोकमान सिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्यो ।

त्यो बेला एमालेलाई ठीक नै लाग्यो । अहिले कांग्रेस र माओवादीले त्यसै गरी दर्ता गर्दा एमालेलाई ठीक लागेको छैन । ’ आफूलाई अनुकुल हुँदा सबै ठीक र नहुँदा सबै बेठीक भन्ने प्रचलन देखिएको सुवेदी बताउँछन् ।

 

नेपाल प्रहरीको आइजिपी नियुक्तिको विषयमा पनि अदालतले दोहोरो चरित्र प्रस्तुत गरेको सुवेदी दावी गर्छन् । उनले भने, ‘एसएसपी हुँदा जयबहादुर चन्दले वरिष्ठता मिचियो भनेर अदालतमा रिट हाले । त्यो बेला अदालतले ‘कार्यपालिकाको अधिकार’ भनेर छाडिदियो । अहिले नवराज सिलवालले रिट हाल्दा चाहिँ कार्यपालिकाको अधिकार भनेर छाडेन । चन्दको नियुक्ति नै खारेज गरिदियो ।’

 

अदालतले यसरी आफ्नै नजिर बिर्सिदा ठूलो समस्या आएको सुवेदीले बताए । उनले भने, ‘यस्तै प्रकृतिको मुद्धामा डिआइजी पार्वती थापाले १८ महिनादेखि न्याय पाएकी छैनन् । अदालतलाई केही कुरामा मात्रै किन हतारो हुन्छ ?’

arun kumar subedi kura khasra mitha Sushila Karki कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष