राजनीति

एमालेले अर्को महाभियोग प्रस्ताव दर्ता गर्दै !

एमालेले अर्को महाभियोग प्रस्ताव दर्ता गर्दै !

वैशाख १८ – प्रधानन्यायाधीश सुशिला कार्कीमाथि अचानक महाअभियोगको प्रस्ताव दर्ता भएपछि तरंगित भएको राजनीति अझै तरंगित हुने देखिएको छ ।

मुख्य विपक्षी एमालेले अहिले कामु प्रधानन्यायाधीश रहेका सर्वोच्चका बरिष्ठतम न्यायाधीश गोपालप्रसाद पराजुलीमाथि पनि महाअभियोग लगाउने गोप्य गृहकार्य गरेसँगै राजनीतिमा थप तरंग देखिने भएको हो ।

एमाले उच्च श्रोतका अनुसार कायममुकायम प्रधानन्यायाधीश पराजुलीमाथि महाअभियोग दर्ता गराउनेबारे परामर्श भइरहेको छ ।

कांग्रेस र माओवादी केन्द्र मिलेर प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोग निरंकुशताको पूर्वाभ्यास भएको प्रतिक्रिया दिएको एमालेले पराजुलीमाथि नागरिकता र शैक्षिक योग्यताको कागजात कीर्ते गरेको दावी गर्दै अभियोग लगाउने तयारी गरेको हो ।

CPN UML

विशेष