राजनीति

राप्रपाको बैठक स्थगित गरेर पुगे कमल थापा शितलनिवास

राप्रपाको बैठक स्थगित गरेर पुगे कमल थापा शितलनिवास

वैशाख १८ । राप्रपा सरकारमा रहने वा छाड्ने भन्ने विषयमा छलफल भइरहेका बेला उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापा राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठक स्थगित गरेर थापा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएको राप्रपा प्रवत्ताले जानकारी दिए ।

करिब डेढ घण्टा बसेको बैठकमा सरकारमा रहिरहने वा छाड्ने भन्ने विषयमा विवाद भएको थियो । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सत्ता साझेदार दल राप्रपाका अध्यक्ष थापा असन्तुष्ट बनेका थिए ।

kamal Thapa

विशेष