राजनीति

नयाँ गृहमन्त्री खोज्दै काँग्रेस, देउवाले भने षडयन्त्र रोक्न महाभियोग

नयाँ गृहमन्त्री खोज्दै काँग्रेस, देउवाले भने षडयन्त्र रोक्न महाभियोग

वैशाख १८ । पार्टी मूख्यालय सानेपामा भइरहेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रम व्रिफिङ गर्दै भने, ‘कलंक भने पनि भन्नुहोस, ए बाबा खेल अर्कै थियो क्या, षडयन्त्र रोक्न महाअभियोग आयो ।’

देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायतका नेताहरु सहभागी भएको सो बैठकमा ‘तयारी पुरा नभइ प्रधानन्याधिश सुशिला कार्कीमाथि महाअभियोग प्रस्ताव ल्याउँदा पार्टीलाई कलंकको संज्ञा मिलेको’ प्रसङ्ग उठेको थियो ।

महाअभियोगबारे चासो बढेपछि सभापति देउवाले कार्कीले न्यायपालिकाको कार्यक्षेत्र मिचेर मनपरी निर्णय गरेका कारण बाध्य भएर महाभियोग लगाइनु परेको तर्क गरेका थिए । उनले प्रतिपक्षी एमालेको भूमिका अराजनीतिक ढंगमा अघि बढेको संकेत गर्दै भने, ‘तपाईँहरुले पनि बुझ्नुस् के के खेल हुँदै थियो ।’

त्यसैगरी महाअभियोग प्रस्ताव लैजाँदा आफूलाई केही पत्तोफाँट नदिइएको भन्दै उपप्रम तथा गृहमन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिका विषयमा पनि बैठकमा छलफल भएको छ ।

एक पटक नेता निधिसँग यस विषयमा सभापति देउवाले नै बुझ्ने र यदि उनले राजीनामा फिर्ता लिन मानेनन् भने अर्को नाम गृहमन्त्रीमा पठाउँने तयारी काँग्रेसले गरिरहेको छ। बैठक अहिले पनि जारी छ ।

Congress Baithak

विशेष