राजनीति

महाअभियोग प्रस्ताव लोकतन्त्रकै उपहासः साझा पार्टी

महाअभियोग प्रस्ताव लोकतन्त्रकै उपहासः साझा पार्टी
वैशाख – १८ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिनु लोकतन्त्रकै उपहास भएको साझा पार्टीले ठहर गरेको छ । साझा पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै न्यायालायको स्वतन्त्रतामाथि प्रहार हुने गरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आबद्ध सांसदहरूले संसदमा प्रतिशोधात्मकरुपमा महाअभियोग लगाउँदा लोकतन्त्रका साथै नागरिक अधिकारलाई नै खतरा हुने ठहर गरेको हो । उक्त पार्टीले जारी गरेको विज्ञप्तिमा महाभियोगसम्बन्धी संवैधानिक व्यवस्थाको दुरुपयोग भएको, लोकतन्त्रको आधारशीलाहरु भत्काउने कार्य भएको भन्दै महाभियोग दर्ता गराइएकोमा भर्त्सना गरेको छ । साझा पार्टीले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई अक्षुण राख्न महाअभियोगको प्रस्ताव तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ ।

mahaabhiyog Sajha Party

विशेष