राजनीति

यस्ताे छ एमालेकाे घाेषणापत्र, ५० लाख पर्यटक भित्र्याउनेदेखि १५ हजार मेगावा बिजुली निकाल्नेसम्म (पूर्णपाठसहित)

यस्ताे छ एमालेकाे घाेषणापत्र, ५० लाख पर्यटक भित्र्याउनेदेखि १५ हजार मेगावा बिजुली निकाल्नेसम्म (पूर्णपाठसहित)

वैशाख - १८ । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले आफ्नो घोषणपत्रमा नेपाललाई दुईवर्षभित्रमा आधारभूत खाद्यान्न आत्मनिर्भर बनाउँदै सुपर जोन जोन ब्ल्क र पकेट स्तरका आधुनिक फर्मको विकास गर्ने उल्लेख गरेको छ । त्यस्तै सिचाईंका लागि राष्ट्रव्यापी नहर प्रणालीको विकास गर्ने र पाँच वर्ष भित्रमा सबै कृषि योग्य जमीनमा सिँचाई सुविधा पुर्याउने एमालेले बताएको छ । एमालेले साहसिक पर्यटकका नयाँ क्षेत्र र ट्रेकिङ रुट खोल्दै आगामी १० वर्षभित्रमा ५० लाख पर्यटक भित्र्याउने गरी पूर्वाधार र बजार प्रवद्र्धन कार्यलाई अगाडि वढाउने योजनासहितको घोषणा पत्र जारी गरेको छ । एमालेको घोषणा पत्रमा एक प्रदेश एक आधुनिक औद्योगिकरण क्षेत्र नीति अन्तरगत प्रत्येक औद्योगिक क्षेत्रमा १० वर्षभित्रमा एक लाखलाई रोजगारी प्राप्त गर्ने गरी उद्योग स्थापना गर्ने उल्लेख गरीको छ । अर्थतन्त्रमा तीब्र वृद्धिका लागि विद्युतीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिँदै एमालेले जलाशययुक्त परियोजना, जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट १० वर्षमा १५ हजार मेगावा बिजुली निकाल्ने जनाएको छ । एमालेले गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत्को उपयोगमा सहुलियत दिइने योजना पनि ल्याएको छ । विद्युत् ऊर्जाले पेट्रोलियम ऊर्जालाई क्रमशः प्रतिस्थापित गर्दै लगिने अर्को योजना पनि एमालेको घोषणपत्रमा रहेको छ ।

घाेषणापत्रकाे पूर्णपाठ पीडीएफमा

UML

विशेष