राजनीति

प्रतिव्यक्ति आय १५ हजार डलर पुर्याउनेदेखि, २० लाख पर्यटक भित्र्याउनेसम्म, यस्ताे छ नयाँ शक्तिकाे घाेषणापत्र

प्रतिव्यक्ति आय १५ हजार डलर पुर्याउनेदेखि, २० लाख पर्यटक भित्र्याउनेसम्म, यस्ताे छ नयाँ शक्तिकाे घाेषणापत्र
वैशाख - १८  । नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तहको निर्वाचनका लागि आर्थिक विकास तथा समृद्धिलाई विशेष प्राथमिकतामा राखेर साेमबार आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी समतामूलक समृद्धि, समानुपातिक-समावेशी-सहभागितामूलक लोकतन्त्र, सुशासन-सदाचार, स्वाधीनता-सदाचार, स्वाधीनता(सार्वभौमिकता र समुन्नत समाजवादसहित पाँच ‘स’ लाई चुनावी प्रतिबद्धताका रूपमा अघि सारेको छ । पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै आगामी पाँच वर्ष, १५ वर्ष र २५ वर्षमा गर्न सकिने आर्थिक विकास तथा समृद्धिका लागि विभिन्न सूचकाङ्कसमेत सार्वजनिक गरे । २५ वर्षमा प्रतिव्यक्ति आय १५ हजार डलर पुर्‍याउने प्रतिवद्धता जनाएको छ । त्यसैगरी पाँच वर्षमा कुल ग्रार्हस्थ बचत कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशतसम्म पुर्‍याउने योजना पनि नयाँ शक्तिले सार्वजनिक गरेको छ । नयाँ शक्तिले वार्षिक तीन लाख रोजगारी सृजना गरी रोजगारीमा विदेश जानेको सङ्ख्या प्रतिदिन पाँच सयमा झार्ने बाचा पनि गरेको छ । त्यसैगरी १५ वर्ष मुनि र ६५ वर्षमाथिको जनसङ्ख्यालाई निशुल्क स्वास्थ्य सेवा दिने घोषणा पनि नयाँशक्तिले गरेको छ । त्यसैगरी पर्यटन क्षेत्रको आधुनिकीकरण गरी वार्षिक नेपाल आउने पर्यटकको सङ्ख्या २० लाख पुर्‍याउने लक्ष्य राखेको घोषणापत्र नयाँशक्तिले ल्याएको हो । यसैगरी ‘अबको निकाश, आर्थिक विकास-समृद्धि सम्भव छ, हाम्रै पालामा’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त प्रतिवद्धता पत्रमा समतामूलक समृद्धि, समावेशी-समानुपातिक-सहभागितामूलक लोकतन्त्र, आर्थिक विकास र समृद्धिको मार्गचित्र पनि प्रस्तुत गरिएको छ । घोषणापत्रमा विकासको अवधारणा र नीति, आर्थिक क्रान्तिका निम्ति विशेष प्रतिबद्धता, लगानीको स्रोत, सिर्जना गरिने रोजगारीको सङ्ख्या, कृषि र पशुपालन, औद्योगिक विकास, पर्यटन, शिक्षा र स्वास्थ्यलगायतका विषय सेटिएको छ ।

पूर्णपाठ पढ्नुहाेस पीडीएफमा 


विशेष