राजनीति

जो उम्मेदवार बन्न पाउँदैनन्

जो उम्मेदवार बन्न पाउँदैनन्

वैशाख १९ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिका २०७३ जारी गरी उम्मेदवारको योग्यता र मनोनयन गर्ने विधि निर्धारण गरेको छ ।

निर्देशिकाका अनुसार कुनै पनि व्यक्ति प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यमा २१ वर्ष पूरा भएको, कानुनले अयोग्य नठहरिएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारका कुनै पनि निकायमा बसी पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेदवारका लागि अयोग्य ठहरिने आयोगले जनाएको छ ।

त्यसैगरी भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषधको बिक्रीवितरण तथा निकासी, पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा २० वर्षभन्दा बढी कैदको सजाय पाई फैसलाका अन्तिम किनार लागेको व्यक्तिसमेत स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने आयोगले जनाएको छ ।

गोरखापत्र

nirbachan

विशेष