राजनीति

राप्रपा सकारबाट बाहिरिए पनि सरकारको बहुमत कायमै

राप्रपा सकारबाट बाहिरिए पनि सरकारको बहुमत कायमै

वैशाख १९ । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने प्रस्तावको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ।

संसदमा चौंथो ठूलो दल राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले महाअभियोगले न्यायपालिकाको मर्ममाथि प्रहार भएको ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

राप्रपाको बहिर्गमनसँगै सरकारले बहुमत गुमाएरनगुमाएको विषयमा चर्चा हुन थालेको छ। व्यवस्थापिका संसदमा ५ सय ९३ सांसदको प्रतिनिधित्व रहेको यसबेला सरकारलाई आवश्यक पर्ने मत २ सय ९७ हो । कांग्रेस २०७, माओवादी ८२ र नेकपा संयुक्त ३ का साथै १र१ सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता पार्टी पनि सरकारमा छन् ।

यी दलको मत संख्या २ सय ९४ छ। यसका साथै विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन, यो पार्टीका १७ सांसद छन् । यस अतिरिक्त अन्य ४ सांसदसमेत सत्ता पक्षमा छन् । यस हिसाबले सत्ता पक्षमा ३ सय १६ मत रहेको देखिन्छ ।

नागरिक

सरकार

विशेष