राजनीति

माओवादी हेडक्वाटर बैठक स्थगित गरेर ओली भेट्न पुगे प्रचण्ड

माओवादी हेडक्वाटर बैठक स्थगित गरेर ओली भेट्न पुगे प्रचण्ड

वैशाख १९ । सोमबार बिहान हेडक्वार्टर बैठक चल्दाचल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीबेरे बैठक स्थगन गर्न प्रस्ताव गरे । उनले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्ताव आएको भन्दै बैठक रोक्ने प्रस्ताव गरेका थिए ।

त्यसपछि उनी सिधै सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्ष पुगेका थिए । माओवादी हेडक्वार्टर उच्चस्रोतका अनुसार प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग प्रकरणबारे ओलीले प्रचण्डलाई भेट्न चाहेका थिए । ओलीले प्रचण्डलाई तत्कालै महाअभियोग प्रस्ताव फिर्ता नलिइए कडा नतिजा भोग्न तयार हुनुपर्ने चेतावनी दिए ।

सरकार आईजीपी प्रकरणमा स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै ओलीले निर्बाध चुनाव गराउने हो भने महाअभियोग फिर्ता लिनुपर्ने सर्त राखे । प्रचण्डले भने कार्कीका पछिल्ला गतिविधि कार्यपालिका क्षेत्र मिच्ने गरी भइरहेकाले उपयुक्त समयमा निर्णय लिएको भन्दै प्रतिरक्षा गरेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार वैशाख ३१ गतेको चुनाव कुनै हालतमा नरोकिने भन्दै प्रतिपक्षी पार्टीले आवश्यक सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

कान्तिपुर

Oli Prachanda

विशेष