राजनीति

दुबै फोरम पहिलो चरणको चुनावमा भाग लिने, उम्मेदवारी दर्ताको तयारी

दुबै फोरम पहिलो चरणको चुनावमा भाग लिने, उम्मेदवारी दर्ताको तयारी

वैशाख १९ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएको छ ।

पार्टीले मंगलबार उम्मेदवारी मनोनयन गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरमले संविधान संशोधन हुने प्रस्ट संकेत देखिएको भन्दै चुनावमा भाग लिने निर्णय गरेको हो । मधेसी मोर्चामा सम्बद्ध रहेको राष्ट्रिय जनता पार्टी नेपालले भने उम्मेदवारी नदिने भएको छ ।

संघीय समाजवादी फोरमले यसअघि नै स्थानीय निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएको थियो । यसैगरी सो पार्टीले निर्वाचन आयोगमा आधिकारिक नमुना हस्ताक्षर पनि बुझाएको थियो । पहिलो चरणमा चुनाव हुने सबै प्रदेशमा उम्मेदवारी दिइने नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार मोर्चामा आबद्ध राजपासँग सल्लाह नगरी उपेन्द्र यादवले चुनावमा भाग लिने निर्णय गरेका हुन् । यता विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पनि चुनावमा सहभागी हुने भएको छ । पार्टीका उपाध्यक्ष रामजनम चौधरीले पार्टीले पहिलो चरणको चुनावमा उम्मेदवारी दिने निर्णय भएको बताए ।

नागरिक

विशेष