गगन थापाले भने शुसिला कार्कीलाई लगाइएको महाभियोग पुष्टि गर नत्र त्यसको मूल्य चुकाउन तयार हुनुपर्छ (भिडियोसहित)
वैशाख १९ । कांग्रेस केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगमा जाने निर्णयको पार्टीले पुष्टि गर्नुपर्ने बताएका छन् ।
आफ्नो पार्टीले महाअभियोग प्रस्ताव दर्ता गरिसकेको सन्दर्भमा त्यसप्रति आफ्नो व्यक्तिगत विचारको कुनै अर्थ नहुने उनले बताए । ‘महाअभियोगका लागि जे जे आरोप लगाइएका छन् त्यो पार्टीले पुष्टि गर्नुपर्छ । अन्यथा हामीले मूल्य चुकाउनु पर्छ । त्यसरी मूल्य चुकाउँदा दलले कति चुकाउने, नेताले कति चुकाउने र अरुले पनि के कति मूल्य चुकाउने पछि मात्र थाहा हुनेछ ।
फेसबुकबाट गरिएको प्रत्यक्ष अन्तरक्रियामा बोल्दै उनले भने, ‘महाअभियोगका लागि जे जे आरोप लगाइएका छन् त्यो पार्टीले पुष्टि गर्नुपर्छ। अन्यथा हामीले मूल्य चुकाउनु पर्छ । त्यसरी मूल्य चुकाउँदा दलले कति चुकाउने, नेताले कति चुकाउने र अरुले पनि के कति मूल्य चुकाउने पछि मात्र थाहा हुनेछ ।
प्रधान न्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुँदैगर्दा आफू मन्त्रालयको काम रहेको र सञ्चार माध्यमबाट खबर थाहा पाएको उनले बताए । ‘पहिलो पटक यो समाचार सुन्दा म आफै पनि स्तव्ध भएँ । अचम्मित भएँ’, उनले भने, खबर सुनेपछि यसको वास्तविकता बुझ्न योसँग जोडिएका कुराहरुबारे सोधखोज सुरु गरेँ ।
संविधानमा महाअभियोगको प्राबधान रहेको उल्लेख गर्दै उनले त्यसलाई पटक पटक प्रयोग गरिनु राम्रो नभएको बताए ।
महाअभियोग प्रस्तावमा समेटिएका भन्दा पनि अरु गम्भीर कुराहरु नेतामार्फत् आफूले सुनेको उनले बताए। ‘यस विषयमा आज मैले मेरै सभापति मात्र होइन अरु केही नेताहरुबाट पनि गम्भीर कुराहरु सुनेको छु । यदि त्यस्तो हो भने कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ’, उनले भने । कांग्रेसले महाअभियोगको विषय र सान्दर्भिकता आफ्ना कार्यकर्तालाई मात्र होइन सिङ्गो देशलाई बुझाउनुपर्ने उनको भनाइ थियो ।
गगन थापा