राजनीति

रन्जुको धारे हातमा गोविन्द केसीको समर्थन (भिडियोसहित)

रन्जुको धारे हातमा गोविन्द केसीको समर्थन (भिडियोसहित)
वैशाख १९ । विवेकशील नेपाली दलले अकारण प्रधानन्यायधिशलाई महाभियोग लगाएको विरुद्ध असन्तुष्टि जनाउँदै माइतीघरमा नागरिक समाजको तर्फबाट आयोजना भएको कार्यक्रममा सहभागीता जनाएको छ । यसले विधि तथा प्रक्रियामा आधारित राज्य सञ्चालनमा धावा बोलेको र यस कदमले आसन्न स्थानीय तहको निर्वाचनलाई बिथोल्ने बहाना भएको भन्दै कार्यक्रममा सहभागी जनाएको हो । दलका बारा कास्की, मोरङ, झापा लगायतका इकाईहरुमा पनि विरोधात्मक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा “महाअभियोग प्रस्ताव फिर्ता गर, महाअभियोग मतियार”, “जनता आउंदैछन् होसियार, चुनाव रोक्ने षड्यन्त्र बन्द गर” लगायत विभिन्न नारा लेखिएका प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेको थियो । माइतीघरको कार्यक्रममा “क, का, कि, की प्रचण्ड, शेरबहादुर छि छि” , “महाभियोगका मतियार, जनता जाग्दैछन् होसियार” , “कान खोलि सुन, देउवा र प्रचण्ड  तिम्रो माफिया मोहले देश हुन्न सम्पन्न” जस्ता नाराहरु लागिएको थियो । विवेकशील नेपाली दलकि काठमाण्डौ मेयर उम्मेदवार रन्जु दर्शनाले “कानुन माथि कोहि हुँदैन, यदि कोहि छ भने त्यो कानुन शब्द माथि कोरिने धर्को मात्र हो” भनेर सम्बोधन गरिन् भ्रष्टचारीहरुको दिन गन्ति सुरु भइसकेको बताउँदै “लुटतन्त्रलाई धारे हात” गर्न सहभागीलाई अनुरोध गरेकी थिइन् । दर्शनाले लुटतन्त्रलाई धारे हात भन्दा सहभागीले धारे हात धारे हात भन्दै समर्थन जनाएका थिए । लोकतन्त्रको आधार निर्वाचन हो । तर अहिले निर्वाचनको ठिक दुई साता अघि लुटतन्त्रकै पक्षपोषक गर्ने शैलीमा लोकतन्त्रका हिमायती भन्ने दलहरुले नै न्यापालिकामा गरेको नाङ्गो प्रहारले निर्वाचनको वातावरण विथोल्ने निश्चित छ । विवेकशिल नेपालीको विरोध सभामा डा. गोविन्द केसी लगायतकाको पनि उपस्थिती रहेको थियो । पछिल्लो विकसित राजनैतिक घटनाक्रम अनि परिस्थिति पनि लुटतन्त्रकै उपज हो । यस कदमको निहितार्थ संविधानलाई कार्यान्वयन हुन नदिन अनि निकट निर्वाचन भाड्ने षड्यन्त्र हो । साथै, यस कदमले हाम्रो लोकतन्त्र नै धराप पर्ने र लुटतन्त्र हावी हुने संकेत देखाएको छ।

विशेष