राजनीति

नारायणकाजीले लेखे ‘सुशीला कार्की निडर, स्वच्छ र निष्ठावान न्यायाधीश हुन्’

नारायणकाजीले लेखे ‘सुशीला कार्की निडर, स्वच्छ र निष्ठावान न्यायाधीश हुन्’

वैशाख १९ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधिश शुसिलाकार्कीलाई महाभियोग लगाउने प्रस्ताव पार्टीमा कुनै पनि छलफल नै नगरी ल्याइएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुसँग छलफल नै नगरी महाभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् । उनले समाजिक संजाल फेसबुक मार्फत कार्की निडर स्वाभिमान र स्वच्छ छविको भएको भन्दै प्रशंसा गरेका छन् ।

यस्तो छ उनको स्टाटस

हिजो बसेको हाम्रो पार्टीको केन्द्रीय कार्यालयको बैठकमा प्रधान न्यायाधीश सुशीला कार्की को बिरुद्ध दर्ता गरिएको "महाभियोग"प्रस्ताव का बारेमा गम्भीर छलफल भयो। बैठकमा मैले निम्न बिचार राखें । १)संबिधानमा महाभियोग प्रस्ताव को प्राबधान निश्चित अर्थ र मर्म का साथ राखिएको छ ।यो प्रस्ताव त्यस अनुरूप छैन ।प्रधान न्यायाधीश कार्की का कतिपय कार्यशैली र निर्णय हरू गलत होलान्। आई जी पी प्रकरण मा गरिएको फ़ैसला ले कार्यपालिकाको क्षेत्राधिकार माथि आंच पुर्यायो भन्ने कुरा पनि नआएको होइन।यस्ता कुराहरु प्रति असहमति र आलोचना हुन सक्छन। तर उहाँको मुख्य प्रवृत्ति स्वच्छ,निष्ठावान,स्वाभिमानी,निडर र व्यवसायिक ब्यक्तित्व हो।त्यस्तो व्यक्ति माथि भबिश्यमा हुने कुनै फ़ैसलाको आशंका को आधारमा महाभियोग प्रस्ताब ल्याउनु उपयुक्त होइन। हामीले गरेको संघर्ष तात्कालिन राजनैतिक स्वार्थका लागि मात्र होइन ,बरु लोकतांत्रिक तथा प्रगतिशील मूल्य -मान्यता र संस्कृति सहितको उन्नत समाज निर्माण का लागि हो। २)तात्कालिन राजनैतिक परिस्थितिको संदर्भमा त झन यो उपयुक्त क़दम हुनै सक्दैन। यसले आजको राष्ट्रिय राजनैतिक कार्यभार पुरा गर्न सबै राजनैतिक र सामाजिक शक्ति हरूलाइ अझ एकताबद्द गरेर अघि बढ्नु पर्ने आवश्यकतालाई सहयोग होइन, कमज़ोर बनाऊंछ । ३)यस्तो महत्वपूर्ण निर्णय लिदा पार्टी मा कहीं कतै छलफल समेत गरिएन।यसरी यो निर्णय लिदा सङ्गठनको बिधी,पद्धति एवं संस्थागतता को पनि उलङ्घन भएको छ।  तसर्थ यो क़दम ग़लत छ र फिर्ता लिईनु पर्दछ। तर धेरै साथीहरूले यो कदमलाई ऐतिहासिक,उपयुक्त,साहासिक र अनिवार्य बताउनुभयो। क• अध्यक्ष ले बैठक नसकिएकाले केही दिनपछी बस्ने गरी जारी रहेको बताउनुभयो। बैठक निष्कर्षका साथ समापन नगरीएको भएपनी छलफल ले यस संबंधमा हुने निर्णय लाई स्वतः स्पष्ट जस्तो नै गरिसकेको छ। यस स्थितिमा सबै मत मतान्तर का बाबजूद सिंगो पार्टी लाई अध्यक्ष क• प्रचण्डको नेतृत्वमा एकढिक्को बनाएर पार्टी निर्णय क्रियान्वयन गर्नु , आसन्न निर्वाचन लाई सफलतापुर्बक सम्पन्न गर्नु र निर्वाचनमा पार्टीलाई बिजयी बनाउनु आजको आबश्यकता हो। म सम्पूर्ण पार्टी पंक्ति लाई यस निम्ती आव्हान गर्दछु।  

Narayankaji Shrestha

विशेष