विचित्र विश्व

विश्वकै जेष्ठ नागरिक घोटोको मृत्यु

विश्वकै जेष्ठ नागरिक घोटोको मृत्यु
वैशाख १९ । इन्डोनेसियाका विश्वकै जेष्ठ नागरिकको मृत्यु भएको छ । बाह घोटो नाम गरेका यी वृद्धा १४६ वर्षको उमेरमा ती व्यक्तिको उनकै गाउँको सेन्ट्रल जाभामा मृत्यु भएको हो ।
केही समयअघि स्वास्थमा गडबड आएपछि उनलाई अस्पताल लगिएको थियो । थोरै मात्रामा खीर र कम मात्रामा पानी पिएका उनले त्यसको दुई दिनमै ज्यान गुमाए । उनको देहावसान हुनु अघि यतिञ्जेल बाँच्नुको अर्थ सोध्दा उनले आफूमा धैर्य र आफ्नो हेरचाह गर्ने मानिस भएको बताएका थिए ।
मृत्युको अन्तिम चरणसम्म पनि धुम्रपान गर्दै आएका घोटोका चारवटी श्रीमती, दशजना छोराछोरी तथा नातीनातिना छन् । गाउँका बच्चाहरुलाई साहसिक कथा सुनाउने भएकाले उनलाई गाउँको हिरो मानिन्थ्यो । घोटोको गत सोमबार दाहसंस्कार गरियो ।

विशेष