राजनीति

काठमाडौं महानगरपालिकाको मेयरका लागि ६ जनाको उम्मेदवारी

काठमाडौं महानगरपालिकाको मेयरका लागि ६ जनाको उम्मेदवारी
वैशाख – १९ । स्थानीय तहको निर्वाचनको लागि काठमाडौं महानगरपालिकाको मेयरका लागि अहिलेसम्म ६ जनाले उम्मेदवारी दिएका छन् । वैशाख ३१ गते हुन लागेको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले तीन वटा प्रदेशको उम्मेदवारी दर्ता सुरु गरेको हो । विहान १० बजेबाट सुरु भएको मनोनयन दर्ताका क्रममा दिउँसो दुई बजेसम्म स्वतन्त्र र दलीयतर्फबाट ६ जना मेयरले उम्मेदवारी दिएका छन् भने उपमेयरमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । दलीय तर्फबाट मेयरका लागि विवेकशील नेपाली दलका तर्फबाट रञ्जु (दर्शाना) न्यौपाने, राष्ट्रिय जनमोर्चाबाट डा निर्मलकुमार थापार र दशभक्त पर्यावरणीय सामाजिक मोर्चाबाट सुरेन्द्रप्रसाद ढकालले उम्मेदवारी दिएका हुन् । त्यस्तै स्वतन्त्रबाट विनोदकुमार क्षेत्री, अमोट महर्जन र किशोर थापाले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको उपमेयरका लागि जनमोर्चाका तर्फबाट ऋतु सापकोटा केसीले तलीयबाट र स्वतन्त्र उम्मेदवारमा निरुपमा यादव र जनिसा भट्टराई रहेका छन् ।

स्थानीय तहको निर्वाचन

विशेष