राजनीति

काठमाडौं र ललितपुर एमाले - राप्रपाबीच तालमेल, शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं र ललितपुर एमाले - राप्रपाबीच तालमेल, शीर्ष नेताबीच छलफल हुँदै
वैशाख १९ । यतिबेला काठमाडौं र ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेलको तयारी भएको बताइएको छ । केहीबेरअघि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच छलफल भएको थियो । कार्यालयबाट बाहिरिने क्रममा राप्रपा अध्यक्ष थापाले छोटकरीमा यसबारे छलफल जारी रहेको प्रतिक्रिया दिएका थिए । स्रोतअनुसार भने राप्रपा र एमालेबीच काठमाडौं महानगर र ललितपुरमा तालोल गर्नेबारेमा छलफल भएको थियो । हाल नेकपा एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एमाले दलको कार्यालयमा छलफल भइरहेको छ ।

विशेष