राजनीति

यी हुन हेटौँडा उपमहानगरपालिकाका उम्मेदवार

यी हुन हेटौँडा उपमहानगरपालिकाका उम्मेदवार
वैशाख - १९ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा हेटौँडा उपमहानगरपालिकामा विभिन्न राजनीतिक दलले प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका छन्। नेपाली काँग्रेसबाट हेटौँडा उपमहानगरपालिका प्रमुखमा आनन्दप्रसाद पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, थाहा नगरपालिका प्रमुखमा पवित्रा महत विष्ट र उपप्रमुखमा खड्गबहादुर गोपालीले दर्ता गराएका छन्। नेकपा एमालेबाट प्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा मीना लामा तथा थाहा नगरपालिका प्रमुखमा विष्णु ढकाल र उपप्रमुखमा कल्पना बलामीको मनोनयन दर्ता भएको छ। नेकपा माओवादी केन्द्रबाट हेटौँडा उपमहानगरपालिका प्रमुखमा बलराम बल र उपप्रमुखमा कल्पना पौडेल, थाहा नगरपालिका प्रमुखमा लवशेर विष्ट र उपप्रमुखमा शकुन्तला गोपाली, राप्रपाबाट सोही उपमहानगर प्रमुखमा मधुकर अधिकारी र उपप्रमुखमा इन्दिरा न्यौपाने तथा थाहा नगरपालिका प्रमुखमा हरेराम कार्की र उपप्रमुखमा राममाया लामाले मनोनयन दर्ता गराएका छन्।

हेटौंडा

विशेष