राजनीति

कांग्रेसद्वारा नगरप्रमुख र उपप्रमुखका उमेद्वारहरुको नाम सार्वजनिक, (नामावलीसहित)

कांग्रेसद्वारा नगरप्रमुख र उपप्रमुखका उमेद्वारहरुको नाम सार्वजनिक, (नामावलीसहित)
बैशाख १९ । नेपालीकांग्रेसले पहिलो चरणमा निर्वाचनहुने तीनप्रदेशकानगरपालिका र गाँउपालिकाहरुमाप्रमुख र उपप्रमुखपदमा पार्टीकातर्फबाट प्रतिस्पर्धा गर्ने उमेद्वारहरुको नाम सार्वजनिक गरेको छ ।

काठमाडौं


नेपालीकांग्रेसले राजधानी रहेको काठमाडौं जिल्लाका सबै नगरपालिकाहरुमा पार्टीकातर्फबाट प्रमुख र उपप्रमुखपदमाप्रतिस्पर्धा गर्ने उमेद्वारहरुको निर्णय गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकामा नेपालीकांग्रेसकातर्फबाट नगरप्रमुखपदमा.उपेन्द्र कार्कीउमेद्वार छन् भने उपप्रमुखपदमा अनिता अधिकारीकाे उम्मेदवारी छ । त्यस्तै कीर्तिपुर नगरपालिकामाप्रमुख र उपप्रमुखपदमाक्रमशःराजकुमार नकर्मी र जोनिशामहर्जनले नेपालीकांग्रेसकातर्फबाट प्रतिस्पर्धा गर्ने छन् । गोकर्णेश्वर नगरपालिकाको प्रमुखपदमासन्तोष चालिसे र उपप्रमुखपदमाशान्ति नेपाललाई नेपालीकांग्रेसले चुनावी मैदानमाउतारेको छ । त्यस्तै नेपालीकांग्रेसले चन्द्रगिरी नगरपालिकाको प्रमुखमाघनश्याम गिरी र उपप्रमुखमा इन्द्रावती श्रेष्ठलाई उमेद्वार बनाएको छ भने टोखा नगरपालिकाका प्रमुख र उपप्रमुखमा क्रमशः हरिहर अधिकारी र रजनी थापाले पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् । कांग्रेसले राजधानीकै तारकेश्वर नगरपालिकामा श्रीराम थापालाई नगर प्रमुख र संगीतान्यौपाने अर्याललाई नगर उपप्रमुखको पदमा टिकट दिएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा मोहन बस्नेत उम्मेद्वार बनेका छन् छ भने उपप्रमुख पदमा वसन्ती महर्जन (तामाङ)उम्मेदवार बनेकी छिन् । यसैगरी बुढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले राजु श्रेष्ठलाई नगरप्रमुख र सुभद्रा खड्कालाई उपप्रमुखपदको उमेद्वार तोकेको छ । कांग्रेसको तर्फबाट नागर्जुन नगरपालिकाको प्रमुख पदमा मोहन बस्नेत उम्मेद्वार बनेका छन् भने उपप्रमुख पदमा कल्याणी खड्काउम्मेद्वार बनिन् । राजधानीकै शंकरापुर नगरपालिकामा कांग्रेसले नगर प्रमुख र उपप्रमुखपदमाक्रमशशंकर तिवारी र मञ्जु खड्कालाई उम्मेद्वार बनाएको छ ।

नवलपरासी


कांग्रेसले नवलपरासी जिल्लाको कावासोती नगरपालिकाको प्रमुखमा महेन्द्र पोखरेल र उपप्रमुखमा खगिसरा गुरुङलाई उमेद्वार बनाएको छ । त्यस्तै गैडाकोट नगरपालिकाको प्रमुख पदमा गजेन्द्रबहादुर आले र उपप्रमुखमा विष्णु कँडेल सापकोटा कांग्रेसकोतर्फबाट उमेद्वार बनेका छन् । यसरी नै देवचुलीनगरपालिकामा पूर्णकुमार श्रेष्ठ नगरप्रमुख पदमा उम्मेद्वार भए भने लक्ष्मी बँस्ताकोटी उपप्रमुख पदमा उम्मेद्वार बनिन् । नवलपरासीकै मध्यविन्दु नगरपालिकाको प्रमुखमा चन्द्रबहादुर राना र उपप्रमुखमा ओमकुमारी महतोलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

स्याङ्जा


कांग्रेसले स्याङ्जा जिल्लाका पाँचवटा नगरपालिका र दुईवटा गाँऊपालिकाको प्रमुख र उपप्रमुखपदका उम्मेद्वारहरुको पनि टुंगो लगाएको छ । जिल्लाको सदरमुकाम समेटिएको पुतलीबजार नगरपालिकामा कांग्रेसले तुलसीराम रेग्मीलाई प्रमुख र हिरादेवी शर्मालाई उपप्रमुखको उम्मेद्वार बनाउने निर्णय गरेको छ । त्यस्तै भीरकोट नगरपालिकामा कांग्रेसकातर्फबाट छाया राम खनालले नगरप्रमुख र सीमा के.सी. कर्माचार्यले उपप्रमुखमा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी वालिङ नगरपालिकामा दिलिप प्रताप खाँणले नगरप्रमुख पदमा प्रतिस्पर्धा गर्ने छन् भने कल्पना तिवारीले उपप्रमुखपदमा । कांग्रेसले गल्याङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा लालगोपाल अर्याल र खगिसरा भण्डारीलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ ।त्यस्तै कांग्रेसले चापाकोट नगरपालिकामा शिवकुमार गिरीलाई प्रमुख र विमला श्रेष्ठलाई उपप्रमुखको पदमाउमेद्वार बनाउने निर्णय गरेको छ । स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकामा कांग्रेसले देवकुमार मानन्धर र लीला थापालाई प्रमुख र उपप्रमुखको उमेद्वार बनाएको छ भने अर्जुनचौपारी गाउँपालिकामा दीर्घनारायण अर्याल र माया के.सीले कांग्रेसकातर्फबाट प्रमुख र उपप्रमुख पदमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

भक्तपुर


यसैगरी कांग्रेसले भक्तपुर जिल्लाको सदरमुकाम रहेको भक्तपुर नगरपालिकाको प्रमुखमा राम प्रसाद कासुला र उपप्रमुख पदमा गंगालक्ष्मी अवाललाई उमेद्वार बनाएको छ । भक्तपुर जिल्लाको सूर्य्विनायक नगरपालिकामा कांग्रेसले विष्णुराज कार्की र कल्पना राजथलालाई नगरप्रमुख र उपप्रमुखको पदमाउमेद्वार बनाएको छ । भक्तपुरकै चाँगुनारायण नगरपालिकाको प्रमुखमा राजाराम खड्का र उपप्रमुखमा सरु वानियाँलाई कांग्रेसले उमेदवार बनाएको छ भने जिल्लाको मध्यपुर ठिमी नगरपालिकाको प्रमुखमा अष्टकुमार कवे र उपप्रमुखमा अञ्जना मधिकर्मीले पार्टीकातर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

चितवन


चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकाका प्रमुख र उपप्रमुखको पनि कांग्रेसले टुंगो लगाएको छ । कांग्रेसले रत्ननगर नगरपालिकामा रुपनराज घिमिरेलाई नगरप्रमुख पदमा रनीता ढकाललाई उपप्रमुख पदमा उम्मेदवार बनाएको छ । त्यस्तै खैरहनी नगरपालिकाको प्रमुखमा कांग्रेसले राजेन्द्रप्रसाद चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने उपप्रमुख पदमा सुशीला उप्रेतीलाई ।

ललितपुर


कांग्रेसले ललितपुर जिल्ला कागोदावरी र महालक्ष्मी नगरपालिकाका उम्मेद्वारहरुको पनि टुंगो लगाएको छ । कांग्रेसले गोदावरी नगरपालिकामा गजिन्द्र महर्जनलाई नगरप्रमुख पदमा उम्मेद्वार बनाएको छ भने उपप्रमुख पदमा मुना अधिकारीलाई । त्यस्तै महालक्ष्मी नगरपालिकामा कांग्रेसले महेश खड्का र लक्ष्मी श्रेष्ठलाई क्रमश नगरप्रमुख र उपप्रमुखको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

पर्वत


कांग्रेसले पर्वत जिल्लाका दुवै नगरपालिकाका उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको छ । पार्टीले उपलब्ध गराएको सूचिअनुसार कुश्मा नगरपालिकामा कांग्रेसबाट रामचन्द्र जोशी रसिताकुमारी काफ्ले लामिछानेले क्रमश नगरप्रमुख र उपप्रमुखको पदमा उम्मेद्वारी दिएका छन् भने फलेवास नगरपालिकाको नगरप्रमुख पदमा गंगाधर तिवारी र उपप्रमुख पदमा रेखा गुरुङले उम्मेद्वारी दिएकी छिन्।

Congress

विशेष