राजनीति

ललितपुरमा कांग्रेसका बागी उम्मेदवार

ललितपुरमा कांग्रेसका बागी उम्मेदवार

वैशाख २० । ललितपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका पुराना नेता प्रेमलाल महर्जनले बागी उम्मेदवारी दिएका छन् ।

पार्टीले आधिकारिक उम्मेदवार प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याललाई तोकेको छ । प्रेमलालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको अन्तिम समयमा कांग्रेसका महर्जनले ललितपुर महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

एमालेले प्रमुखमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा सुकमाया लामालाई उम्मेदवार बनाएको छ । उम्मेदवारी मनोनयनका लागि एमाले नेता रघुजी पन्त पनि निर्वाचन कार्यालय पुगेका थिए । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल पनि उम्मेदवारको मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेकी थिइन् ।

माओवादीले दिनेश महर्जन दिपेशलाई प्रमुख र हसिना शाक्यलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

नागरिक

Congress

विशेष