राजनीति

धुर्मुस सुन्तलीकी आमा उपमेयरकी उम्मेदवार

धुर्मुस सुन्तलीकी आमा उपमेयरकी उम्मेदवार
वैशाख २० । कलाकारद्धय सीताराम कट्टेल (धुर्मुस) र कुन्जनी घिमिरे (सुन्तली)की आमा स्थानीय तह निर्वाचनमा उपमेयरकी उम्मेदवार बनेकी छिन् । धुर्मुसकी सासुआमा तथा सुन्तलीकी आमा सिता घिमिरे माओवादी केन्द्रका तर्फबाट उपमेयरमा उम्मेदवार बनेकी हुन् । सिता ललितपुरको गोदावरी नगरपालिकाका लागि उम्मेदवार बनेकी हुन् । आमा चुनावी मैदानमा होमिदा नयाँ अभियानको प्रचार प्रसारका क्रममा धुर्मुस–सुन्तली भने जापान भ्रमणमा रहेका छन् ।
धुर्मुस–सुन्तली भुकम्पपिडितका लागि वस्ती बसाउने र मुसहरहरुका लागि एकिकृत बस्ती बसाउने कार्यका कारण संसारभर रहेका नेपालीहरुमाझ पछिल्लो समय थप लोकप्रिय र चर्चामा रहेका छन् ।

Dhurmus Suntali

विशेष