राजनीति

उपेन्द्र र बाबुरामले भक्तपुरमा उम्मेदवार नै पाएनन्

उपेन्द्र र बाबुरामले भक्तपुरमा उम्मेदवार नै पाएनन्

वैशाख २० । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा मिलेर उम्मेदवारी दिने सम्झौता गरे । तर, भक्तपुर नगरपालिकामा उम्मेदवार नै पाएनन् ।

उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले भक्तपुरमा उम्मेदवार नपाएपछि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे ।

भक्तपुरका लागि फोरम नेपाल, नयाँ शक्ति र क्रान्तिकारी माओवादीबीच तालमेल सम्झौता पनि भयो । तर, दुर्भाग्य क्रान्तिकारी माओवादीका तर्फबाट पनि उपमेयरका उम्मेदवार मनोनयन गर्ने व्यक्ति भेटिएन । फोरम नेपालका केन्द्रीय सदस्य एवं महानगर इन्चार्जसमेत रहेका सानोराजा शाक्यका अनुसार तीन पार्टीबीच तालमेल गर्दासमेत उम्मेदवार नपाएपछि अन्ततः उपमेयरमा उम्मेदवारी दर्ता हुन सकेन ।

फोरम नेपाल र नयाँ शक्ति काठमाडौं महानगरपालिकामा संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा फोरम नेपालका तर्फबाट पवित्र बज्राचार्य र उपमेयरमा नयाँ शक्तिकी सविना अर्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

राजधानी

Upendra Baburam

विशेष