राजनीति

काठमाडौँ महानगरपालिका २४ सै घन्टा उज्यालो र जीवन्त सहर - एमाले उम्मेद्वार शाक्य

काठमाडौँ महानगरपालिका २४ सै घन्टा उज्यालो र जीवन्त सहर - एमाले उम्मेद्वार शाक्य
वैशाख २० । काठमाडौँ महानगरपालिकाको प्रमुखका नेकपा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले २४ सै घन्टा उज्यालो र जीवन्त सहरको परिकल्पनासहित आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। बुधाबार पत्रकार सम्मेलन गरी उम्मेद्वार शाक्यले पूर्वाधार विकास, यातायात, खानेपानी र ढल निकास, आवास, सूचना सञ्चार, वातावरण, आधुनिक प्रणाली, सुरक्षा, फोहर व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षणजस्ता विषयमा प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले महानगरलाई २४सैँ घन्टा जीवन्त, गौरवपूर्ण र स्मार्ट सिटीका रुपमा सञ्चालन गर्ने, ‘एक घरः एक रोजगार’, ऊर्जा विकासका कार्ययोजना पनि कार्यान्वयन गरिने बताए। शाक्यले तीन वर्षभित्र महानगरको चक्रपथमा मनोरेल सञ्चालन, पुनःनिर्माण, वाग्मती सफाई, पर्यटकका लागि आकर्षक प्याकेज, भ्यु टावर, महानगर विश्वविद्यालय, अस्पतालका योजना आफूसँग भएको पनि बताए। महानरगका पूर्वप्रमुख केशव स्थापित, अर्का आकाङ्क्षी जीवनराम श्रेष्ठले पनि आफ्नो प्रचारमा सघाउने जनाउँदै उनले उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको तालमेल स्थानीयभन्दा पनि राष्ट्रियस्तरको भएकाले त्यसको पालना गरिने उल्लेख गरे। विसं २०४९ र २०५४ मा यही महानगरको वडा नं २१ को अध्यक्ष रहेका शाक्य हाल एमाले काठमाडौँका सचिव छन्। काठमाडौँ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले अस्तव्यस्त, ध्वस्त काठमाडौँलाई व्यवस्थित र गौरवपूर्ण बनाउनसक्ने शक्ति एमाले मात्र भएको दाबी गरे।

UML

विशेष