राजनीति

माओवादी केन्द्रका सांसद घिसिङ पार्टीबाट निस्कासित

माओवादी केन्द्रका सांसद घिसिङ पार्टीबाट निस्कासित
बैशाख २० । नेकपा माओवादी केन्द्र ललितपुरमा विवादमा तनिएको छ । केन्द्रले सांसद योगन्द्र घिसिङलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कान गरेपछि विवादमा तानिएको हो । जिल्ला समिति सदस्यसमेत रहेका सांसद घिसिङलाई पार्टीले नीति र निर्देशनविपरित आफू निकटकालाई उम्मेदवारी दिन लगाएको आरोपमा कारबाही गरेको हो । बुधबार बसेको ललितपुर जिल्ला कार्यसमितिको बैठकले उनलाई निस्कान गर्ने निर्णय गरेको माओवादी केन्द्र ललितपुरले जनाएको छ । उनी माओवादी केन्द्रका सामानुपातिक सांसद हुन् ।

विशेष