विचित्र विश्व

दुई टाउके बालिकाको चार घण्टा लामो सल्यक्रियापछि.....

दुई टाउके बालिकाको चार घण्टा लामो सल्यक्रियापछि.....

वैशाख – २० । भारतमा दुईवटा टाउका भएकी बालिकाको सघन सल्यक्रियाबाट डाक्टरले अतिरिक्त टाउको हटाउन सफल भएका छन् । भारतको जयपुरको जेके लोने हस्पिटलका डाक्टहरुले चार घण्टा लामो सघन सल्यक्रियाबाट अतिरिक्त टाउको हटाएका हुन् । जाहाज्पुरकी एक २१ वर्षीया महिलाको कोखबाट जन्मैदेखि दुईवटा टाउका भएकी बालिका जन्मेकी हुन् । उनको अतिरिक्त टाउकोमा एउटा हात थियो तर कान र आँखा थिएन । अलगै पलाएको टाउको घाउ आउन थालेपछि बालिकाको परिवारलाई डाक्टरले सल्यक्रिया गर्न सुझाव दिएका थिए । प्रसव पीडाले पीडित ति महिलालाई जाहाज्पुरका डाक्टरले सोनोग्राफी र अल्ट्रासाउन्डबाट परीक्षण गर्दा उनको गर्भमा जुम्ल्याह बच्चा भएका बताएका थिए । तर, उनले दुईवटा टाउका भएकी एउटी बालिकालाई जन्म दिएकी थिइन् । डाक्टरहरुले यस्ता घटना एकदमै कम बताएका छन् । डाक्टर भिजियता गार्गले सल्यक्रिया गरी आमा र बालिका दुबैलाई बचाउन सफल भएकी हुन् । उनका २४ वर्षीय श्रीमान किसान हुन्, उनले आफ्नी श्रीमातीलाई पहिलो प्राथमिकता दिन र दोस्रोमा बच्चालाई दिन डाक्टरहरुलाई निर्देश गरेका थिए ।

विशेष