राजनीति

साढे ३ गुना बढी उम्मेदवारी

साढे ३ गुना बढी उम्मेदवारी

वैशाख २१ । वैशाख ३१ गते २ सय ८३ स्थानीय तहमा हुने पहिलो चरणको निर्वाचनमा १३ हजार ५ सय ५६ पदका लागि ४५ हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले बुधबार राति उपलब्ध गराएको विवरणअनुसार प्रदेश ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका लागि ४४ हजार ४१ जनाको उम्मेदवारी परेको छ । बुधबार साँझसम्म ४४ हजार ४१ जनाको विवरण प्राप्त भएको छ, केही विवरण आउनेक्रममा छ भने केही आउन बाँकी छ, यसरी ४५ हजारभन्दा बढीको उम्मेदवारी परेको देखिन्छ, आयोग स्रोतले भन्यो ।

 २० भन्दा बढी स्थानीय तहको विवरण आउन बाँकी छ । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले दाबीविरोध, नाम फिर्ता र उम्मेदवारलाई चुनाव चिह्न दिएपछि एकिन विवरण प्राप्त हुने जानकारी दिए । कसैको दाबीविरोध छ, एउटैको दोहोरो परेको छ, कतिपय ठाउँमा सम्पर्क हुने नसकेर विवरण आउन सकेको छैन, सचिव मैनालीले भने, अन्तिम संख्याचाहिँ शुक्रबार चुनाव चिह्न दिएपछि मात्र थाहा हुन्छ । दलहरुबीच तालमेल भएकाले यसबाट धेरै ठाउमा उम्मेदवारी घटेको मैनालीले जानकारी दिए ।

नागरिक

विशेष