राजनीति

गृहमन्त्री निधिको राजीनामा फिर्ता

गृहमन्त्री निधिको राजीनामा फिर्ता
वैशाख २१ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता लिएका छन् । आज(बिहिबार) बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उनले राजीनामा फिर्ता लिएका हुन् । गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले भने “प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आज बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरेपछि निधिले त्यसलाई स्वीकार गर्दै मन्त्रालयमा फर्किन तयार भएका हुन् ।” देशको परिस्थिति र निर्वाचनलाई मध्यनजर गर्दै निधिले राजीनामा फिर्ता लिएको प्रेस संयोजक दाहालले बताए । गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिएका थिए ।

Bimalendra Nidhi

विशेष