राजनीति

राजीनामा फिर्ता लिनुकाे कारण खुलाउँदै निधिले भने, मधेसी माेर्चाले पुनः विचार गर्न भन्याे

राजीनामा फिर्ता लिनुकाे कारण खुलाउँदै निधिले भने, मधेसी माेर्चाले पुनः विचार गर्न भन्याे
वैशाख २१ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताएका छन् । जनकपुर विमानस्थलमा बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता र प्रहरी महानिरीक्षकको सन्दर्भमा आफ्नो असहमति भएर राजीनामा दिएपछि नेपाली कांग्रेसका सभापति र प्रधानमन्त्रीको आग्रह र राष्ट्रिय समस्याको संवेदनशीलतालाई दृष्टिगत गर्दै आफूले राजीनामा फिर्ता लिएको स्पष्ट गरे । आफूले मन्त्री पदबाट राजीनामा दिएपछि मधेसी मोर्चाका नेताले राजीनामाकाबारेमा पुनर्विचारको सुझाव दिएको उनले बताए । एक प्रश्नको जवाफमा उपप्रधानमन्त्रीले महाअभियोग प्रस्ताव फिर्ताकाबारेमा छलफल हुनसक्ने धारणा पनि राखे । उनले संविधान संशोधन प्रस्तावको टुंगो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गरे । गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिएका थिए ।

Bimalendra Nidhi

विशेष