राजनीति

यी हुन् पनौती नगरपालिकाका फोरमका उम्मेदवार

यी हुन् पनौती नगरपालिकाका फोरमका उम्मेदवार
वैशाख २१ । पनौती नगरपालीका वडा नम्बर ५ बाट लोकतान्त्रिक फोरमले आफ्ना उम्मेद्वारी घोषणा गरेको छ । पनौती नगरपालीकाका वडा अध्यक्षमा विनोद खत्रीको उम्मेद्वारी रहेको छ । पनौती नगर सभापति तथा अध्यक्षसमेत रहेका खत्रीले आफूले चुनाव जितेमा कार्य अवधीभरि तलब नलिने बताएका छन् । त्यस्तै महिला सदस्यमा उर्मिला थापा क्षेत्रीको मनोनयन भएको छ भने दलित महिला सदस्यमा इन्दिरा दमाइको मनोनयन भएको छ । त्यस्तै पुरूष सदस्यमा उमेश थापा र प्रदिप बस्नेत मनोनयन भएका छन् । पनौती नगरपालीकाको नगर प्रमुखमा सानु छोरी आमत्यलाई मनोनयन गरिएको छ भने नगर उपप्रमुखमा मधुकर केसीलाई मनोनयन गरिएको छ ।

विशेष