चुनावलगत्तै मतगणता गर्ने तयारीमा आयोग
वैशाख–२२ । निर्वाचन आयोग निर्वाचन सम्पन्न भएलगत्तै मतगणना गर्ने तयारीमा छ ।
स्थानीय तह निर्वाचन ऐनको दफा ४५ अनुसार स्थानीय तहको निर्वाचन अधिकृतले सूचना जारी गरेर मतगणना सुरु गर्नुपर्नेछ । एक महिनाभन्दा बढी समय मतपेटिकाको सुरक्षा गर्न गाह्रो हुने भएकोले मतगणना गरिहाल्नु पर्ने अवस्था रहेको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । मतपेटिकाको सुरक्षा र बाकसभित्रको मतपत्रमा असर पर्ने कारण पनि धेरै समय कुर्न गाह्रो हुने शर्माले बताए । –नयाँ पत्रिकाबाट