राजनीति

महाभियोगले संसदमा प्रवेश पायो, आजैबाट छलफल हुने

महाभियोगले संसदमा प्रवेश पायो, आजैबाट छलफल हुने

वैशाख २२ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ ।

संसदको शुक्रबारको बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरु उठेर विरोध गरेका थिए । तर, सभामुख ओनसरी घर्ती मगरले शुन्य र विशेष समयको कार्यसूची हटाएको जानकारी गराइन् ।

लगतै एमाले संसादहरु रोष्टम घेराउ गर्न आए । सभामुखले सांसदहरुको नाराबाजीतर्फ हेर्दै हेरिनन् र महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकिएको जानकारी दिइन् ।

तर, सभामुखले नाराबाजीका बीच महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकेकी हुन् । संसदको आजै १ बजे बस्ने बैठकमा महाअभियोगबारे छलफल हुनेछ ।

विशेष