राजनीति

निर्वाचनको दिन सवारी चलाउन अनिवार्य अनुमति

निर्वाचनको दिन सवारी चलाउन अनिवार्य अनुमति

वैशाख २२ । स्थानीय तह निर्वाचनको दिन अर्थात् वैशाख ३१ गते आइतबार निर्वाचन आयोगको अनुमति लिएर मात्र सवारी साधन प्रयोग गर्न पाइनेछ ।

सवारी साधन चलाउन अनुमतिपत्र (पास) उपलब्ध गराउनेसम्बन्धी कार्यविधि स्वीकृत गदै बिहीबार आयोगले निर्वाचनका दिन अनुमति प्राप्त सवारी साधन मात्रै चलाउन पाइने निर्णय गरेको हो ।

निर्वाचनमा उम्मेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, सञ्चारकर्मी, संवैधानिक निकाय, कूटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुनालगायतले प्रयोग गर्ने सवारी साधनका लागि पास उपलब्ध गराउने कार्यविधि आयोगले स्वीकृत गरेको हो ।

मतदानको दिन आवागमन व्यवस्थापन गर्न आयोगबाट स्वीकृत कार्य योजनामा हलुका सवारी साधन वा मोटर साइकल प्रयोग गर्न अनुमति प्रदान गर्ने निर्णय गरिएको छ । काठमाडौँंमा आमसञ्चारका माध्यमलाई सूचना विभागको सिफारिसमा काठमाडौंँ जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराइने जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

election

विशेष