राजनीति

प्रमुख तथा अध्यक्षमा कांग्रेसबाट १०९ जान जनजातिकाे उम्मेदवारी

प्रमुख तथा अध्यक्षमा कांग्रेसबाट १०९ जान जनजातिकाे उम्मेदवारी
वैशाख २२ । नेपाली कांग्रेसले स्थानीयतहको पहिलो चरणको निर्वाचनका लागि दिएको उम्मेदवारीमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षमा १०९ जना जनजाति, मधेशी तथा दलित समुदायबाट उम्मेदवारी परेको छ । त्यसैगरी नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षमा ९७ जनाको जनजाति, दलित तथा मधेशी समुदायबाट उम्मेदवारी परेको नेपाली कांग्रेसले जनाएको छ । नगरपालिका प्रमुखमा दुईजना तथा गाउँपालिका अध्यक्षमा चार जना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै नगरपालिका प्रमुखमा जनजाति समुदायबाट २४ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा एक पुरुष समेत ३० जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको पाइएको छ । जसमध्ये चार जना दलित तथा एक जना मधेशी समुदायबाट उम्मेदवारी परेको छ । त्यसैगरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनेमा तीनजना महिलासमेत ८५ जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको छ । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिनेमा ६७ जना जनजाति समुदायको परेको छ । जसमध्ये २ जना पुरुष, ४ जना दलित तथा एक मधेशी समुदायबाट उम्मेदवारी परेको कांग्रेसले शुक्रबार जारी गरेको विज्ञप्तिमा बताएको छ । यही वैशाख ३१ गते हुने स्थानीय निकायको पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ का ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिकातथा १८६ गाउँपालिका गरी २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

nirbachan

विशेष