Breaking News

फर्कि आयौ सुशीला, अब सामूहिक बलात्कारको शिकार भएकी यी किशोरीलाई न्याय देऊ !

फर्कि आयौ सुशीला, अब सामूहिक बलात्कारको शिकार भएकी यी किशोरीलाई न्याय देऊ !

वैशाख - २२ । सुशीला कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेकी थिइन् । उनको निलम्बनलाई लिएर महिलामाथिको अन्यायका रुपमा महिला अधिकारकर्मीले प्रर्दशन गरेका थिए । तर, उनै कार्की प्रधानन्यायाधीश हुँदासमेत सामूहिकरुपमा बलात्कृत किशोरीले न्याय पाएकी थिइनन् । अझ, बलात्कृत किशोरी पूजा बोहराको मुद्दा कार्कीले पालो आएनमा महिनौंसम्म पारेको पीडित पक्षको गुनासो थियो । महिनाको अन्तिममा पालो राख्ने र भ्याइएन भनेर सार्ने गरिएको भन्दै पीडित बोहोरा र उनलाई संरक्षण दिएकी अधिकाकर्मी मेनुका थापाले सार्वजनिकरुपमा दुःख व्यक्त गरेका थिए । कार्कीलाई सर्वोच्व अदालतले पुनः काममा फर्कने बाटो खोलेको छ । कार्कीको कार्यकाल केही दिनमा सकिनेछ । यो छोटो अवधिमा कार्कीले के गम्भीर अपराधको शिकार भएकी बोहरालाई न्याय दिलाउलिन् ? धेरैको चासो बनेको छ ।

र, यो पनि

pooja bohora Sushila Karki

विशेष