राजनीति

'संसदको विशेषाधिकारमा सर्वोच्चको हस्तक्षेप'

'संसदको विशेषाधिकारमा सर्वोच्चको हस्तक्षेप'
वैशाख – २२ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदको विशेषाधिकारमा सर्वोच्च अदालतले हस्तक्षेप गरेको ठहर गरेका छन् । शुक्रबारको अदालतको आदेशपछि प्रधानमन्त्री कार्यालयमा बसेको दुई दलको बैठकले संसदको विशेषाधिकारमा हस्तक्षेप गरेको ठहर गरेको हो । बैठकले महाभियोग संसदको विशेषाधिकार भएको र संसदमा छलफल रोक्न दिएको आदेशले हस्तक्षेप गरेको ठहर गरेको हो । अदालतको आदेश खारेजीका लागि सरकारले महान्यायाधीवक्तामार्फत पहल गर्ने निर्णय भएको बैठकपछि छ । महाअभियोग संसदको विषेशाधिकार भएको बताउँदै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले कारवाही प्रक्रिया अगाडि वढाउँदा संसदीय प्रक्रिया रोक्नु भन्ने आदेशले संसदको विषेशाधिकारमा नाङ्गो हस्तक्षेप गरेको जिकिर गरिन् ।

विशेष