राजनीति

निर्वाचन अायाेगले माग्याे फोरम र नयाँ शक्ति पार्टीसँग २४ घण्टे स्पष्टीकण

निर्वाचन अायाेगले माग्याे फोरम र नयाँ शक्ति पार्टीसँग २४ घण्टे स्पष्टीकण
वैशाख - २३ । निर्वाचन आयोगले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीसँग आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकण मागेको छ । फोरम र नयाँ शक्तिले महालक्ष्मी नगरपालिकामा निर्वाचन आचारसंहिताको उल्लंघन गरी मोटरसाईकल ¥याली निकालेपछि स्पषीकरण माग गरेको हो । आयोगले फोरम र नयाँ शक्तिका मेयरका उम्मेदवार जनक थापाको नाममा आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश जारी गरेको छ । फोरम र नयाँ शक्तिले महालक्ष्मी नगरपालिकामा निर्वाचन आचारसंहिताको उल्लंघन गरी मोटरसाईकल ¥याली निकालेको आयोगले बताएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले अनुगमनको क्रममा उक्त नगरपालिकामा सप्रमाण फेला पारी तत्काल ¥याली रोक्न निर्देशन दिएका थिए । आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताविपरीत काम कारबाही गरेको कसूरमा हदैसम्मको कारबाही किन नगर्ने रु कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबिस घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’ निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको ¥याली गर्न वा गराउन नहुने उल्लेख छ ।

निर्वाचन आयोग

विशेष