राजनीति

आयोगद्वारा मतसर्भेक्षण कार्य रोक्न निर्देशन

आयोगद्वारा मतसर्भेक्षण कार्य रोक्न निर्देशन
वैशाख – २३ । निर्वाचन आयोगले आचारसंहिताविपरीत मतसर्भेक्षण गर्ने एक अनलाइन मिडियालाई उक्त कार्य रोक्न निर्दशन दिएको छ । सो अनलाईन पत्रिकाले काठमाडौं महानगरपालिका मतदातामा मतसर्भेक्षण तथा मतदाताको धारणा संलकन गरेको भन्दै आयोगले उक्त कार्य रोक्न निर्देशन दिएको हो । ‘आम जनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई वेवास्ता गरी नागरिक हकविपरीत सर्भेक्षण कार्य गर्न निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएको हुँदा अब आइन्दा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न/नगराउन आयोगले निर्देशन दिएको छ,’ आयोग प्रवक्ता इला शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने व्यवस्था रहेको भन्दै आयोगले ध्यानाकर्षण गरेको हो ।

nirbachan aayog

विशेष