संघीय गठबन्धनले अध्यक्षबाट हटायाे उपेन्द्र यादवलार्इ, नयाँ अध्यक्ष बने ठाकुर

वैशाख – २३ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई मधेसी मोर्चासहितको संघीय गठबन्धनको अध्यक्षबाट हटाइएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै मोर्चासहितको संघीय गठबन्धनले उक्त कुराको जानकारी दिएको हो ।
गठबन्धनको बैठकपछि जारी विज्ञप्तिमा यादवमाथि संविधान संशोधन नभई स्थानीय तहको चुनावमा भाग लिएको भन्दै अध्यक्षबाट हटाउने परेको बताइएको छ ।
बैठकले यादवलाई मधेस र मधेसी जनतालाई धोका दिएको र आत्मसमर्पणको कित्तामा गएकोलगायतका आरोप लगाउँदै उनलाई हटाएर राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष बनाएको छ ।
Mahanta Thakur
upendra yadav
