Breaking News

गुमेको किर्तिमान फर्काउन सगरमाथा उक्लिँदै गर्दा अस्ताए ८६ वर्षीय मिनबहादुर

गुमेको किर्तिमान फर्काउन सगरमाथा उक्लिँदै गर्दा अस्ताए ८६ वर्षीय मिनबहादुर

सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविरमा पुगेका सबभन्दा जेष्ठ नागरिक मिनबहादुर शेरचनको निधन भएको छ । योसँगै विश्वकै सबैभन्दा जेष्ठ आरोहीको रेकर्ड राख्ने उनको सपना अधुरै भएको छ । उनको निधन शनिबार विहान ५ बजेर १४ मिनेटमा भएको हो । शेरचन गुमेको कितिमान फिर्ता गने उद्देश्य लिएर सगरमाथा आरोहणका क्रममा आधार सिबिरमा पगेका थिए । उनको उमेर ८६ वर्ष ९ महिना पगेको थियो । यो उमेरमा सायदै कोही यस्तो कठिन कार्यका लागि आँठ गर्न सक्छ । तर, उनले अठोट गरेका थिए सगरमाथा चेढ्ने विश्वकै सबैभन्दा जेष्ट नागरिकको रेकर्ड राख्ने । विडम्बना उनको सपना अधुरै रह्यो । शेरचनले योभन्दा पहिल्यै रकर्ड बनाइ सकेका छन् । उनले सन् २००८ मा पहिलो पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए । उनीले विश्वका सबैभन्दा वृद्ध सगरमाथा आरोहीको रेकर्ड राख्दा ७७ वर्षका थिए । तर, त्यो रेकर्ड धेरै लामो समयसम्म रहन सकेन । उनकोे रेकडलाई पाँच वर्षपछि अर्थात २०१३ मा जापानका युइचिरो मिउराले तोडिदिए । मिउरले ८० वर्षको उमेरमा सगरमाथा आरोहण गरेर उनको किर्तिमान भंग गरिदिएका थिए । शेरचनले पुनः सगरमाथा चेढेर गुमेको किर्तिमान फर्काउँदै गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउने योजना बनाएका थिए । सगरमाथा आरोहणको तयारीका लागि उनले दैनिक गह्रौँ भारी बोकेर लामो यात्रा गर्ने गर्दथे । स्वास्थ्यको दृष्टिकोणले पनि उनी राम्रो महसुग गरेको बताउँदै आएका थिए । उनले खानामा चामालको बदलामा गहुँ, मकै, कोदो, फापर लगायतका खाने कुरा खाएर स्वास्थ्यलाई तन्दुरुस्त राखेका थिए । उनले योभन्दा पहिला पनि सगरमाथा आरोहणको तयारी गरेका थिए । २०१५ र २०१६ मा उनले गरेको तयारी व्यर्थ भयो । २०१५ मा उनी सगमाथा चढ्न आधार शिबिरसम्म पगेका पनि थिए । तर, बिनासकारी भूकम्पका कारण उनी खाली हात फर्किनु पर्यो । उनीले सन् १९६० देखि नै हिमाल आरोहण गर्दै आएका थिए । उनले विसं २०१७ सालमा धौवलागिरिको आरोहण गरेर धौवलागिरि आरोहण गर्ने पहिलो नेपाली बन्ने योजना बनाएका थिए । उनी विसं २०१७–१८ सालमा केही नेपालीलाई बटुलेर धौवलागिरि चढ्ने योजना पनि बनाए । तर, त्यो पूरा हुन पाएन । त्यसपछि शेरचन हिमाल चढ्नै कुरा नै विर्सिएर बसेका थिए । तर, ७२ वर्ष पगेपछि केही गर्ने नयाँ इच्छा, आकांक्ष जाग्यो उनमा । ‘कविता, कथा लेखौँ भने आफूसँग त्यो ज्ञान र शिक्षादीक्षा थिएन त्यसैले सगरमाथा चढ्ने मन बनाएँ,’ उनले एक अनलाइन मिडियालाई अन्तरवार्ता दिँदा भनेका छन् । शेरचनले पहिलो पटक सगरमाथा चढ्दा ७० लाख खर्च भएको थियो । त्यतिबेला एजेन्टले डकुमेन्टरी बनाउँदा लिएको खर्च हो । यो पटकको खर्च १ करोड हुने अनुमान गरेका थिए । पहिलाको डकुमेन्ट्ररी काम नलागने भएकाले पुनः बनाउनु पर्ने बाध्यता थियो । उनलाई विभिन्न देश तथा संघ संस्थाले सगरमाथा आरोहण गर्दा लाग्ने खर्च सहयोग जुठाउँदै आएका थिए । शेरचन १७ वर्षको उमेरमा गोर्खा शैनिकमा भर्ती भएका थिए । उनी सपरिवार ब्रिटेनको हल्डरसट हान्टमा बस्दै आएका थिए । उनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू सगरमाथा चढ्न लगेको बताएका थिए । उनी वैशाख ४ गते आधार शिविर तिर लागेका थिए । उनको आरोहण टोलीमा ९ जना रहेका थिए । ९ जना मध्ये ६ जना अनभुवी गाइड थिए ।

विशेष