राजनीति

माओवादी केन्द्र र काँग्रेसका कार्यकर्ताबीच झडप, १९ कार्यकर्ता घाइते

माओवादी केन्द्र र काँग्रेसका कार्यकर्ताबीच झडप, १९ कार्यकर्ता घाइते
वैशाख – २३  रुकुमका विभिन्न स्थानमा माओबादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता बिच चुनावको विषयमा झडप भएको छ । सो झडपमा परेर १९ जना कार्यकर्ता घाइते भएका छन् । त्रिबेणी गाउँपालिकाको ८ नम्बर वडामा नेपाली कांग्रेसको टोली र नेकपा माओबादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका १२ जना कार्यकर्ता घाइते भएका हुन् । बेलुका पाँच बजेतिर भएको झडपमा केही मोटरसाइकल र प्रचारमा प्रयोग गरिएका गाडीसमेत तोडफोड भएका छन् । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । त्यस्तै मुसिकोट नगरपालिका २ मा नेपाली कांग्रेसको दलित महिला उम्मेद्वारको घरमा गाडेको झण्डा माओबादी केन्द्रका कार्यकर्ताले फालेको विषयमा दिउँसो झडप हुँदा ७ जना घाइते भएका छन् । घाइते सबैको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ ।

काँग्रेस माओवादी केन्द्र

विशेष