राजनीति

प्रमुखमा महिला उम्मेदवार न्यून

प्रमुखमा महिला उम्मेदवार न्यून

वैशाख २४ । लेडिज एण्ड जेन्टलमेनु अंग्रेजीको यो भनाइले महिलालाई अग्रस्थानमा देखाउँछ ।

देशको वर्तमान अवस्था नियाल्दा पनि विभिन्न निकायमा महिलाको नेतृत्व छ । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश पदमा महिला छन् । तर, स्थानीय तहको चुनावमा प्रमुख पदमा उम्मेदवारी दिने महिलाको संख्या भने निराशाजनक देखिन्छ । प्रमुख राजनीतिक दलले अधिकांश नगर तथा गाउँपालिकामा प्रमुखमा पुरुषलाई नै उम्मेदवार बनाएका छन् ।

२ सय ८३ स्थानीय तह प्रमुख पदका लागि ३८ जना महिला मात्रै चुनावी मैदानमा छन् । कानुनले ३३ प्रतिशत महिला आरक्षण सुनिश्चित गरेको छ। स्थानीय निर्वाचन ऐनको दफा ४ उपदफा १ मा उम्मेदवारी मनोनयनपत्र पेस गर्दा गाउँरनगरपालिका प्रमुखरउपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा ५० प्रतिशत महिला हुनुपर्ने प्रावधान छ । तर, करिब २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा भने यो प्रावधान कार्यान्वयन उत्साहजनक भएको पाइएन ।

उम्मेदवारको नामावली अनुसार स्थानीय तह प्रमुख पदमा विभिन्न राजनीतिक दलबाट ३८ जना महिला चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख पदमा महिला उम्मेदवार उठाउनेमा माओवादी केन्द्र अगाडि छ । उसले १४ महिलालाई प्रमुख तथा अध्यक्षको उम्मेदवार बनाएको छ । त्यसैगरी एमालेले ८, कांग्रेसले ७, राप्रपाले ६, परिवार दलले १, विवेकशील पार्टीले १ र नेमकिपाले १ जनालाई प्रमुख पदमा उम्मेदवार बनाएका छन्।

नागरिक

nirbachan

विशेष